सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महिलामाथि निर्घात कुटपिट, श्रीमान पक्राउ

२०७७ वैशाख ११, ०१:५१ खबर संवाददाता

धनगढी : धनगढीमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ९ की ३८ बर्षीय महिलामाथि निर्घात कुटपिट भएको हो। कुटपिटबाट घाईते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याईएको छ।

कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनका श्रीमान ३९ बर्षीय चन्द्रदेव भट्टलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटनाको थप अनुसन्धान भईरहेको बताए। 

वडा नम्वर ९ का अध्यक्ष प्रेम भण्डारीले तीन, चार दिनदेखि ति महिला टोलमा नदखिएपछि उनको खोजी गर्दा घरकै एक कोठामा थुनिएको अवस्थामा फेला परेकी थिईन्।

‘कुटपिटपछि घाईते अवस्थामा फेला परेकी महिलालाई एम्बुलेन्समा अस्पताल पठाएका छौँ।ति महिलामाथि परिवारका सदस्यले पहिलेदेखि नै कुटपिट गर्दै आएको खुलेको छ।’ वडा अध्यक्ष भण्डारीले दिनेश खवरलाई भने।  
 

कमेन्ट लोड गर्नुस