कैलालीमा दुई जना मृत फेला
धनगढी : कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। घोडाघोडी नगरपालिकामा ११ बर्षीय बालिका र गोदावरी नगरपालिकामा ५६ बर्षीय पुरुष मृत भेटिएका हुन्। घोडाघोडी नगरपालिका वडा नम्वर ३ धुसरकी कविता रोकाया बुधबार साँझ मृत फेला परेकी हुन्। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
यस्तै कैलालीको गोदावरी नगरपालिकामा ५ गतेदेखि वेपत्ता रहेका वडा नम्वर ३ का ५६ बर्षीय केशव नौन्याल मृत फेला परेका हुन्। ६ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा खोजतलासका लागि निवेदन दिईएकोमा आज वडा नम्वर ३ कै सामुदायिक बनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।