सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा दुई सय परिवारलाई राहत वितरण

२०७७ वैशाख ११, १२:२५

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर ४ राजपुरमा बसोबास गर्ने दुई सय परिवार मजदुर तथा विपन्नलाई राहत वितरण गरेको छ।

लकडाउनका कारण खाद्यान्न अभावमा दैनिक छाक टार्न समस्यामा परेका परिवारलाई एकैसाथ राहत वितरण गरेको वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए। उनले भने, “दैनिक ज्यालादारी खाने वर्गलाई खाद्यान्न अभाव भएको खबर पाएपछि हामीले राहत वितरण गरेका छौँ, हामीले राहत दिएपछि उनीहरुलाई हातमुख जोर्नमा सहज हुनेछ।” राहत पाएपछि आफ्ना छोराछोरीले पेटभरि खाना खान पाउने भन्दै यहाँका स्थानीयवासी निकै खुशी भएका छन्।

दिपायल सिलगढी नगरका प्रमुख मलासीले नगरपालिकाका सबै वडामा वितरण सञ्चालन गरिने बताए। राहत मिलेपछि केही दिनका लागि भए पनि समस्या समाधान भएकोस्थानीय रामबहादुर कामीले बताए। रासस
 

कमेन्ट लोड गर्नुस