कैलालीको मोहन्याल र चुरे गाउँपालिकाले राहत वितरण गरेनन्
धनगढी- कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बाजुरगडाकी पवित्रा सिजापतीका पाँच छोराछोरी छन्। उनका श्रीमान रोजगारीका क्रममा दोलखा छन्। लकडानले घरमा भण्डारण गरिएको खाद्यान्न सकिनै लागेको छ। तर गाउँपालिकाबाट राहत वितरण भएको छैन्। खेतबारीमा लगाएको गहुँ पनि पाकेको छैन्। तराईबाट चामल लैजान सवारीसाधन चलेका छैनन्। त्यसैले उनको परिवार अहिले चिन्तामा छ।
उनीले भनिन्, ‘गहुँ पाकेको छैन्। घरमा भएको चामल सकिनै लागेको छ। काम गर्ने पनि उतै थुनिएका छन्। तराईबाट ल्याउने अवस्था पनि छैन्। भोकले मरिन्छ की भन्ने चिन्ता लागेको छ।’ गाउँपालिकाले राहत पनि नदिएपछि चुरे र मोहन्याल गाउँपालिकाका अधिकासं स्थानीयको अवस्था अहिले सिजापती परिवारको जस्तै छ। तराईबाट चामल खरिद गर्दै दैनिकी चलाउँनेहरु बढि समस्यामा छन्। स्थानीय स्तरमा अहिले खाद्यान्न खरिद गर्दा समेत पाउने अवस्था छैन्।’ राहत पाएका छैनौ।
स्थानीय तारा चन्दले भनिन, ‘हाम्रो गाउँमा भोकले मर्ने अवस्था आएको छ। अन्न पानी छैन्। सरकारले दिएको राहत सधैका लागि हैन्। तर यो बेला खरिद गर्न पनि नपाइएकाले समस्या भएको छ। गहुँ काट्ने काम अहिले सुरु भएको छ।’ कैलालीका विकट गाउँपालिका चुरे र मोहन्यालले राहतका लागि खाद्य सामाग्री संकलन पनि गरेको छैन्। यस्तै गाउँपालिकाकै बजेटमा खरिदको प्रक्रिया समेत सुरु भएको छैन्। चामल ढुवानीका लागि तीन पटक सूचना प्रकाशन गर्दा पनि कोही व्यवसायी सम्पर्कमा नआएको गाउँपालिकाहरुले जनाएका छन्।
उनीहरुले राहत वितरणको सूची र रकमको जोहो भईसकेकोे बताएका छन्। चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले चामल खरिदको प्रक्रियामा रहेको बताए। उनले तपाईबाट चामल ढुवानी गर्ने व्यवसायी सम्पर्कमा नभएकाले समस्यामा भएको बताए। ‘हामी खरिद गर्दै छौ। एकै ठाउँमा नपाइएर। सुरुमा दुई सय २५ किलोग्राम चामल खरिद गर्दैछौ। सानो परिवारलाई २५ र ठुलो परिवारलाई ५० किलो चामल वितरण गर्दै छौ।’ उनले भने। कोषमा ५० लाख भएको चुरे गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कोषमा ३० लाख जम्मा गरेको थियो। तथ्यांक संकलनमा ढिलाई भएको अध्यक्ष मगरले बताए। ६ सय परिवारलाई पहिलो चरणमा राहत वितरण गर्ने गाउँपालिकाको योजना छ। एक हजार बढि नागरिकलाई राहत वितरण गर्ने गाउँपालिकाले बताएको छ।
जिल्लाका पहाडी गाउँपालिका चुरे र मोहन्यालले २५ किलो चामल, दुई किलो दाल, एक/एक पोका तेल र नुन वितरण गर्ने मापदण्ड बनाएका छन्। चुरे गाउँपालिकाको कोष ५० लाखको छ। मोहन्याल गाउँपालिकाको कोषमा ६४ लाख ५० हजार जम्मा छ। मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयानन्द जैशीले पहाडी गाउँपालिका भएकाले राहत ढुवानीमा समस्या भएको बताए।
उनले तराईबाट ढुवानी गर्न समस्या भएको बताएका हुन्। राहतको तेस्रो सूचना निकालेका छौँ।। दखास्त हालेका छैनन्। धेरैलाई भनेका छौँ।। तर हाल्दैनन्। यो पालि हुन्छी कि ? उनले भने। चार हजार तीन सय २० परिवारलाई राहत वितरण गर्ने योजनामा मोहन्याल गाउँपालिका छ। गाउँपालिकाको ५० लाख, १३ लाख ९० हजार प्रदेश सरकार र किसान बहुउद्देश्यीय ५० हजार दिएको छ। अगुग भएको रकम अन्य शिर्षकबाट पनि रकमान्तरण गर्ने जैशीले बताए।