डडेल्धुरा बसेर गएकी युवतीमा पोजेटिभ देखिएपछि आफन्तको परीक्षण गर्ने तयारी
डडेल्धुरा: डडेल्धुरा बसेर गएकी एक युवतीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएपछि आफन्तको कोरोना परीक्षण गर्ने तयारी भएको छ। ती २० वर्षीया युवतीको अछाममा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो।
अछाम गएपछि युवतीमा कोरोना देखिएकाले जिल्लाको अमरगढी नगरपालिका– ६ छचोडामा रहेका उनका आफ्न्तको समेत कारोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले बताए।
अछामको वान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ३ मा २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको हो।
आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाईएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवदत्त जोशीले जानकारी दिए।