सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीन महिलालाई गालीगलाैज गरी कुटपिट गर्ने बुवाछोरा पक्राउ

२०७७ वैशाख १०, ०१:१३ खबर संवाददाता

धनगढी:  धनगढीमा महिलालाई गाली गलौच गरी कुटपिट गर्ने बुवाछोरा पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको  वडा नम्बर १३ अम्बिका टोल बस्ने गुमला चन्द र उनका छोरीहरु अनुता चन्द र ज्योती चन्दलाई गाली गलौच गरी कुटपिट गरेको आरोपमा सोही स्थानका ५१ वर्षीय किशोर कलौनी र उनका २४ वर्षीय छोरा  जगदिश कलोनी पक्राउ परेका हुन। 

मादकपदार्थ सेवन गरी उनीहरुले कुटपिट गर्दा पिडितको टाउको र हातमा चोट लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ परेका दुवैमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए। 

पिडितहरुको भने उपचार भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस