सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नतीको कार्य रोकियो

२०७७ वैशाख १०, ११:०७ खबर संवाददाता

धनगढी : लकडाउनपछि धनगढी विमानस्थल स्तरोन्नतीको कार्य ठप्प रहेको छ। यसअघि पटक–पटक विमानस्थल आशिंक बन्द गरी स्तोन्नतीको कार्य गरिएको थियो। अहिले केरोनाको जोखिम न्यूनीकरणका लागि लकडाउन जारी गरी देशभरका विमानस्थल बन्द छन्।

लकडाउनकैबीच धेरै विमानस्थलमा स्तरोन्नतीको कार्य जारी भएपनि धनगढी विमानस्थलमा भने स्तरोन्नतीको कार्य पनि ठप्प पारिएको हो। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले लकडाउन जारी भएसंगै विमानस्थल स्तरोन्नतीको कार्य पनि रोकिएको बताए। उनका अनुसार धावन मार्ग मर्मतसम्भार र पार्किङ क्षेत्र विस्तारको केही काम अझै अधुरो छ। 

धनगढी विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले पनि लकडाउनपछि मजदुर समेत अहिले क्वारेन्टाईनमा बसेका कारण काम सुचारु गर्न नसकिएको बताए। ‘१६÷१७ जना मजदुर निर्माणस्थलमै छन्। तर कोरोना जोखिमका कारण काम गर्न सकेका छैनौ। अझै १५ दिन पर्खिन्छौ। त्यसपछि स्तरोन्नतीको कार्य सुचारु गर्नुपर्ला।’ श्रेष्ठले दिनेश खवरलाई भने।

यसअघि पटक–पटक विमानस्थल पूर्ण र आशिंक बन्द गरी स्तोन्नतीको कार्य गरिएको थियो। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।

झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ।

कमेन्ट लोड गर्नुस