कैलालीका एसपी गिरी एसएसपीमा बढुवा सिफारिस
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक एसपी सुदिप गिरी लाई प्रहरी बरिष्ठ उपरिक्षक एसएसपीमा बढुवा सिफारिस गरीएको छ। सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरे सँगै कैलालीका एसपी गिरी लाई पनि एसएसपीमा बढुवा सिफारिस गरीएको हो।
गृह मन्त्रालयका अनुसार यसैगरी वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमअर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरेको छ। यसैगरी दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ पनि एसएसपीमा सिफारिस भएका छन्।
सिफारिस नामविरुद्ध चित्त नबुझे अन्य एसपीले लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी गर्न सक्नेछन्। एकसाता भित्र उजुरी नपरे मन्त्रीस्तरीय निर्णयबाट सिफारिस भएकाहरुको नाम अनुमोदन हुने छ।
आइतबार मात्रै १० जना एसएसपी डीआईजीमा बढुवा भएका थिए।