सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जनप्रतिनिधिलाई भित्र थुनेर वडा कार्यालयमा ताला

२०७७ वैशाख ९, ०४:१७ खबर संवाददाता

धनगढी : कैलालीको जानकी गाँउपालिकाका वडा नम्बर ५ का जनप्रतिनिधिलाई कार्यालयमा थुनेर स्थानीयले ताला लगाएका छन्। दोस्रो चरणमा राहत वितरण सुरु नभएको भन्दै स्थानीयलाई वडा अध्यक्ष भीमवहादुर थारु लगायतका जनप्रतिनिधिलाई कार्यालयभित्रै थुनेर ताला लगाएका हुन्।

लकडाउनपछि समस्यामा परेका वडावासीलाई स्थानीय सरकारले राहत नदिएको गुनासो गर्दै ताला लगाईएको हो। उनीहरुले झण्डै आधा घण्टा सम्म जनप्रतिनिधिलाई थुनेका थिए। वडा अध्यक्ष थारुले कार्यापालिका बैठक नहुँदा दोस्रो चरणको राहत वितरण सुरु नभएको बताए।

कमेन्ट लोड गर्नुस