सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ६ जना मुस्लिम जमातीको कोरोना रिपोर्ट नेगेटिभ, एकको रिपोर्ट आउन बाँकी

२०७७ वैशाख ९, ०७:०६ खबर संवाददाता

धनगढी : धनगढी क्वारेन्टाईनमा राखिएका ६ जना मुस्लिम जमातीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सात जना मुस्लिम जमातीलाई धनगढीको ट्राफिक चौराह, पशुपति टोल र कैलालीको अत्तरियाबाट ल्याएर धनगढी क्वारेन्टाईनमा राखिएकोमा सोमवार थ्रोट स्वाव संकलन गरी परीक्षण गरिएको थियो।

एक जनाको रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सातै जनाले भारतको धार्मीक सभामा जाने तयारी गरेका थिए। तर भारतमा लकडाउन हुँदा उनीहरु जान पाएका थिएनन। उनीहरु सप्तरीको धार्मीक सभामा भने सहभागी भएका थिए।
 

कमेन्ट लोड गर्नुस