कैलालीमा १४ गोलिया सालको काठ सहित दुई जना पक्राउ
धनगढी कैलालीमा १४ गोलिया सालको काठ सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ आमबासामा १४ गोलिया सालको काठ सहित दुई जना पक्राउ परेका हुन्।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टका अनुसार दुई सय ७३ दशमलव ४४ क्यूफिट काठ सहित दुई जनालाई पक्राउ गरिएको हो। सालको काठ चिरानी गर्दै गर्दा दुई जनालाई पक्राउ गरिएको भट्टले बताए। स्थानीय चुनुराम जोगी र जितेन्द्रकुमार चौधरीलाई नियन्त्रणमा लिइएको हो।