सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सञ्चारकर्मी र सञ्चार गृहको घर भाडा मिनाहा गरिदिन आग्रह

२०७७ वैशाख ८, ०३:४८ खबर संवाददाता

धनगढी : नेपाल पत्रकार महासंघ कैलालीले सञ्चारकर्मी र सञ्चार गृहको घर भाडा मिनाहा गरिदिन आग्रह गरेको छ। महासंघले आज विज्ञप्ती जारी गर्दै लकडाउनका कारण समस्या परेको भन्दै सञ्चार गृह र त्यहाँ कार्यरत सञ्चारकर्मीको घर भाडा मिनाहा गरिदिन आग्रह गरेको हो।

यस्तै महासंघले कोरोना भाईरसको सन्त्रासकाबीच कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन पनि गरेको छ भने कुनै समस्या भए महासंघमा सम्पर्क राख्न समेत आग्रह गरेको छ। 

 

कमेन्ट लोड गर्नुस