सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको त्रिवेणी एफएमले प्रशारण समय घटायो

२०७७ वैशाख ७, ०७:०५ खबर संवाददाता

डोटी: त्रिवेणी मिडिया नेटवर्क डोटीद्वारा संचालित त्रिवेणी एफएम ९४.४ मेगाहर्ज सोमबारबाट बिहान ६ बजेदेखि राती सवा ९ बजेसम्म मात्र प्रशारण हुने भएको भएको छ। यसअघि बिहान ५ बजेदखि राती ११ बजेसम्म १८ घण्टा नियमित प्रशारण हुँदै आएकोमा  एफएमले पौने ३ घण्टा प्रशारण समय घटाइएको हो। 

अब १५ घण्टा मात्र रेडियो प्रशारण हुने रेडियोका स्टेशन म्यानेजर कर्ण चन्दले बताए। ‘विश्वभर फैलिरहेको कोरोना भाइरसको समयमा मनोरञ्जनात्मक कार्यक्रमको प्रशारण समय घटाइएको हो’ उनले भने ‘व्यवस्थापन समितिको बैठकले प्राविधिक, समाचार बाहेकका अन्य कर्मचारीलाई बिदा दिने निर्णय समेत गरेको छ।’

 
 

कमेन्ट लोड गर्नुस