सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी संघ कैलालीद्धारा एक लाख १५ हजार नगद र ८ हजार मास्क सहयोग

२०७७ वैशाख ७, १२:३१ खबर संवाददाता

धनगढी : निर्माण व्यवसायी संघ कैलालीले एक लाख १५ हजार र ८ हजार थान मास्क सहयोग गरेको छ। धनगढी उपमहानगरपालिकाका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आज धनगढी उपमहानगरपालिकालाई चेक र मास्क हस्तान्तरण गरिएको हो।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाका कारण पर्न गएको आर्थिक संकटमा राहत होस भन्नका लागि निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट संघका अध्यक्ष यज्ञराज उपाध्याय लगायतका पदाधिकारीहरुले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपवहादुर वडलाई हस्तान्तरण गरे। 
 

कमेन्ट लोड गर्नुस