डडेल्धुरामा थ्रेसरको पट्टामा बेरिएर एक जनाको मृत्यु
डडेल्धुरा: डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ की ५५ वर्षीय मैना देवी बोहराको मृत्यु भएको हो। बुधबार घाइते भएकी उनको बिहीबार मृत्यु भएको हो। पट्टामा बेरिँदा बोहराको टाउकोमा गम्भीर चोट लागेको थियो।
उनलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुर्याइएको थियो। त्यहाँ उपचार हुन नसकपेछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा उनकाे बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनक मल्लले जानकारी दिए।