भारतबाट यात्रु ओसार्दै कोइला बोक्ने ट्रक, प्रहरीलाई पत्तो छैन
धनगढी: कञ्चनपुरको पुनरवास नगरपालिका– ११ मा डेरागरी बस्दै आएकी कैलालीकी माया चन्द बुधबार धनगढी आएकी थिइन्। प्रहरी चौकी पचकडीया नजिकै रहेको उनको डेरामा दिउँसोे स–साना बालबालीका मात्र थिए। साझका लागि खानेकुराको जोहो गर्न चन्द धनगढी आएकी थिइन।
जब उनी साझ घर फर्किइन एउटा कुराले उनलाई अचम्मित तुल्यायो। डेरामा भारतबाट छोरीसहित नाती÷नतिना आएका रहेछन्। तर सरकारले सीमा नाका नै बन्द गरेको अवस्थामा ती सबै कसरी आइपुगे यो प्रश्न उनको मनमा पनि उब्जियो ?
उनकी छोरी कल्पना ठाकुर दुई छोरा दुई छोरीसहित कोइला बोक्ने ट्रकमा नेपाल आएका रहेछन्। उनीहरु भारतको पलिया नजिकको गाउँबाट आएको माया चन्दले बताइन। अन्तराष्ट्रिय सीमा नाका बन्द भएपनि उनीहरु जंगलको बाटो हुदै नेपाल प्रवेश गरेका थिए।
भारतमा लकडाउनका कारण खानपिनको समस्या भएपछि उनी सन्तानसहित नेपाल आएको माया चन्दले बताइन्। कल्पना श्रीमान सुर्यबंसी ठाकुर समेत धनगढीमा रहेकाले उनी नेपाल आएको मायाले बताइन। कोइला बोक्ने ट्रकमा आएपछि बिच बाटोमा उनी झरेर सुरक्षाकर्मी नभएको क्षेत्रबाट नेपाल प्रवेश गरेको परिवारिक स्रोतले बतायो।
तर छोरी यसरी आएकोमा माया चिन्तित छन्। छोरीले ठगेको बताउँदै उनले भनीन, ‘म धनगढी गएको बेला घरमा छोरी आएकी रहेछिन, मलाई त थाहा नै थिएन। मान्छे पो आफ्नो हुन्छ रोग त हुँदैनन नी।’
अवैधरुपमा नेपाल आएको थाहापाएपछि सशस्त्र अहिले प्रहरीले कल्पनालाई सीमापारी पठाएको छ। प्रहरी स्रोतका अनुसार उनलाई सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल(एसएसबी) को जिम्मा लगाएको हो। भारतीय क्वारेन्टिनमा राख्नका लागि सशस्त्र प्रहरीले एसएसबीलाई आग्रह गरेको बताइएको छ।
यसरी अवैधरुपमा नेपाल भित्रिएको विषयमा कञ्चनपुरका सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुले भारतीय सीमानाकामा सुरक्षा व्यवस्था कडा भएकाले उनी ट्रकमा नआएको बताए। ती महिला कोइला बोक्ने ट्रकमा नेपाल आएको पुष्टी नभएको उनले बताए।
‘भारतबाट मान्छेहरु त आउदैछन् तर सीमा नाका बन्द गरिएकाले एसएसबीले रोक्ने गरेको छ’ यदी मानिस आइहाले हामीले भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाउने गरेका छौ’ उनले भने।
फिर्ता पठाएकाहरु भारतकै क्वारेन्टिनमा बस्ने गरेको प्रहरी उपरीक्षक साहुले बताए।