सुदूर नेपाललाई विश्वसँग जोड्दै

परम्परागत रुपमा पुजा, पाठगरी सम्पन्न भयो घटाल थानमा लाग्ने बिसु जाँत

२०७७ वैशाख २, ०७:५८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी– ३ डोटी खोलाको पुछारमा रहेको शक्तिपिठ घटाल थानमा लाग्ने बिसु जाँत (मेला) सम्पन्न भएको छ। हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन अर्थात बैशाख २ गते घटाल थानमा लाग्ने बिसु जाँत यसवर्ष परम्परागत रुपमा पुजापाठ गरि सम्पन्न भएको हो।

विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड(१९)लाई मध्येनजर गर्दै यसअघि नै घटाल क्षेत्र विकास समाजले मेला भर्ने कार्य नगरिदिन हुन सबैमा अनुरोध गरेको थियो। अरु वर्ष हजारौं दर्शनार्थीको सहभागीतामा सम्पन्न हुने बिसु जाँत यसवर्ष यहाँका सिमित व्यक्तिहरूको सहभागितामा सम्पन्न भएको घटाल क्षेत्र विकास समाजले जनाएको छ। 

कोरोनाको संक्रमणबाट बच्नका लागि डडेल्धुरा जिल्लामा स्थानीय प्रशासन, घटाल क्षेत्र विकास समाज र स्थानीय सरकारको समन्वयमा परम्परागत रुपमा पुजापाठ गरेर मेला सम्पन्न गरिएको  घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए। 

नयाँ वर्षको दिन चम्सालको देउघरबाट  घटाल थान नजिकैको असिग्राम मन्दिरमा लग्ने र दोस्रो दिन घटाल थानमा ल्याएपछि मात्रै जाँत सुरु हुने गर्दछ।

कमेन्ट लोड गर्नुस