सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कैदीबन्दीद्वारा विपन्न परिवारका लागि ८ क्वीन्टल चामल हस्तान्तरण

२०७७ वैशाख २, ०३:५१ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा कैदीबन्दीहरुले विपन्न परिवारका लागि ८ क्वीन्टल चामल र ५० किलो नुन हस्तान्तरण गरेका छन्। कोरोना रोकथामका लागि जारी लकडाउनपछि समस्यामा परेका परिवारका लागि कैदीबन्दीहरुले सिदा खर्च कटाएर खाद्यान्न हस्तान्तरण गरिएको हो।

उनीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई खाद्यान्न हस्तान्तरण गरे। उक्त खाद्यान्न समस्यामा परेका परिवारलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।

कमेन्ट लोड गर्नुस