सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर पार्कमा चराको चिरबिर मात्र

२०७७ वैशाख १, ०२:३१

लम्की, कैलाली :  हरेक नयाँ वर्षमा पर्यटकले भरिभराउ हुने टिकापुर उद्यान यस वर्ष सुनसान छ। बिहान ६ बजेदेखि उद्यान प्रवेशका लागि पर्यटकको लाम हुने उानमा चराचुरुङ्गी कराएको आवाज मात्र सुनिन्छ। 

‘‘पार्कमा नयाँ वर्षका अवसरमा एकै दिनमा २० हजारसम्म आन्तरिक पर्यटक पिकनिक  र घुमघाम गर्न आउंथे। यस वर्ष सुनसान छ’’, पार्क इञ्चार्ज अर्जुन कुंँवरले भने, ‘‘यो सिजन टीकापुर पार्कमा गुलाब ढकमक्क फुल्ने समय हो। गुलाबसंँग रमाउंँदै फोटो खिँच्न रुचाउने पर्यटकलाई यतिखेर पार्कले पर्खिरहेको छ।’’

यस वर्ष कोभिड –१९ संक्रमणको जोखिम बढेपछि चैतदेखि नै उद्यँन सुनसान छ। उद्यानमा फागुनदेखि नै पर्यटक बढ्ने गर्छन् । पर्यटक नआएपछि यस वर्ष  राजश्व संकलनमा समेत कमी आएको छ। ‘‘गत वर्ष नयांँ वर्षका केही दिन दैनिक लाखौंँ राजश्व संकलन हुन्थ्यो’’, कुंँवर भन्छन, ‘‘यस वर्ष पार्क प्रवेश नै बन्द गरेका छौंँ।’’ 

उद्यान किनारमा कर्णाली नदी रहेकाले यस याममा घुम्नेहरु कर्णालीमा जलयात्राको समेत आनन्द लिन्थे। ‘‘पार्क आउने अधिकांश ¥याफ्टिङमा रमाउँथे, यस वर्ष सुनसान भएको छ’’, स्थानीयवासी टेकबहादुर बुढा भन्छन, ‘‘यहांँ त रौनक नै हराएको छ।’’

उद्यानमा दशैँतिहारको समय र नयांँ वर्षमा बढी पर्यटक आउंँछन्। त्यहाँ कैलाली जिल्लासहित बर्दिया, बांँके, कञ्चनपुर, बांके, सुर्खेत, दैलेखसम्मका मानिस वनभोज खान आउने गर्छन्। उद्यानमा महेन्द्र आरोग्यगृह र वीरेन्द्र विश्राम बाटिका बनाइएका छन्। यहांँ आउनेले यी घरको अवलोकन गर्दै फोटो खिँच्ने गर्दथे।

सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो। ‘‘एकै दिनमा डेढ सयदेखि २० हजारसम्म मानिसहरु पार्क अवलोकन गर्न आउँथे। पार्कमा वर्षेनी एक लाखदेखि डेढ लाखसम्म मानिसहरु आउँथे। यस वर्ष आउन सकेनन्’’, कुँवरले भने, ‘‘नयाँ वर्षमा पर्यटक सम्हाल्न हम्मेहम्मे हुन्थ्यो तर यस वर्ष सुनसान छ।’’

टीकापुर विकास समिति हटेपछि २०६४ मङ्सिर ५ गते  नगरपालिकाको स्वामित्वमा उद्यान हस्तान्तरण गरिएको हो। टीकापुर बजारदेखि चार किमी टाढा कर्णाली नदी किनारमा रहेको उद्यान ८५ विघा क्षेत्रफलमा फैलिएको छ जसमा बङ्गला क्षेत्र, नर्सरी र बगैंँचाले करीब १३ विघा जमीन ओगटेको छ। समितिले नै उद्यान क्षेत्रमा महेन्द्रआरोग्य गृह, रत्नउद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौंँ लागतका पूर्वाधार खडा गरेको हो। शान्त वातावरण, चिटिक्कको चौर  र मौसमी÷बेमौसमी फूल टीकापुर उद्यानका आकर्षण हुन्।

मुटु रोगबाट पीडित तत्कालीन राजा महेन्द्र विसं २०२४ मा टीकापुरमा आएर करीब डेढ महिना बसेका थिए।  टीकापुर क्षेत्रमा शहर विकास गर्न तथा कर्णाली किनारमा उद्यान बनाउन राजाले निर्देशन दिएको समाजसेवी मोहनबहादुर रावल बतउछन्।

विसं २०२८ मा  निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत समिति स्थापना गरी तीन हजार १७३ बिघा जमीन दिएर शहर विकास गर्ने अधिकार सरकारले दिएको थियो। लाखौंँ लगानी भएको र करोडौंँ खर्च भइसकेका ती पूर्वाधार समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन्। –रासस
 

कमेन्ट लोड गर्नुस