सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको महाभारत वनक्षेत्रमा जडान गरिएका क्यामेरामा के–के देखिए?(फोटो फिचर)

२०७७ वैशाख १, १०:१४ आशिष मल्ल

धनगढी: डडेल्धुराको महाभारत वनक्षेत्रमा तराई भू परिधि कार्यक्रम, विश्ववन्य जन्तु कोष नेपालको आर्थिक एवं प्राविधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा क्यामेरा जडान गरिएका थिए। गत फागुन २३ गते उक्त वनक्षेत्रमा जडान गरिएका क्यामेरा चैत ६ गते निकालिएका थिए। 

ती क्यामेरामा विभिन्न वन्यजन्तुहरुको तस्विर कैद भएका छन। क्यामेरा रेकर्डअनुसार नेपाली वन इतिहासमा पहिलोपटक २ हजार ५ सय मिटरको उचाइमा पहिलोपटक पाटेबाघ समेत देखा परेको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आर्चायले बताएका छन्। 

‘हामीले ३२ वटा क्यामेरा जडान गरेका थियौं, ती मध्ये भागेश्वर कोरिडोरमा जडान भएको क्यामेरामा पाटेबाघ देखिएको छ’ उनले भने, ‘सम्भवत नेपालको वन क्षेत्रको इतिहासमा यो उचाइमा पाटेबाघ पाइएको पहिलो घटना हो, यसले सम्पूर्ण वातावरण, वन्यजन्तु प्रेमीलाई खुसी तुल्याएको छ।’ तर उक्त बाघ रैथाने हो या अन्य स्थानबाट आएको भन्ने अनुसन्धान गरिरहेको उनले बताए।

पाटेबाघको अतिरिक्त क्यामेरा ट्रयापमा रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन् सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगायत सयौ महत्वपूर्ण वन्यजन्तुको इमेज कैद भएको वन अधिकृत आर्चायले बताए। 
हेर्नुस फोटो:

 

तस्विर उपलब्ध: डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णु प्रसाद आर्चाय

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस