सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सभामुख थापाले कोरोना रोकथामका लागि एक महिनाको पारिश्रमिक दिने

२०७७ वैशाख १, ०६:२६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि एक महिनाको पारिश्रमिक दिने भएका छन्।

आईतबार सभामुख थापालेप्रदेश सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा सभामुख थापाले एक महिनाको पारिश्रमीक दिने निर्णय गरेको उनका स्वकीय सचिव कविन्द्र रोकयाले जानकारी दिए।

यस्तै उपसभामुख निर्मला जोशी वडालले पनि कोरोना रोकथाम कोषमा १५ दिने बराबरको पारिश्रमीक उपलब्ध गराउने भएकी छन् भने अन्य प्रदेशसभा सदस्यहरुले समेत १५÷१५ दिन बराबरको पारिश्रमीक कोषमा जम्मा गर्ने निर्णय भएको स्वकीय सचिव रोकायाले बताए।

नेकपा सुदूरपश्चिमका ३० जना सांसदले भने आईतबार नै १५ दिन बराबर हुन आउने झण्डै साढे ८ लाख रकम कोरोना रोकथाम कोषमा जम्मा गरिसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस