सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भारतबाट अत्यावश्यक बाहेकका वस्तुको पनि निर्वाध आयात, जोखिम बढ्यो

२०७६ चैत्र ३०, ०६:२३ भुवन भट्ट

लकडाउनपछि  कैलाली जिल्लामा भारतबाट हुने आयातमा गिरावट आएको छ। पहिले दैनिक ६ देखि सात करोडको आयात हुँदै आएकोमा लकडाउपछि भने आयातमा गिरावट आएको हो। लकडाउनपछि निर्यात ठप्प भएपनि कैलालीमा मात्रै भारतबाट अहिले दैनिक एक देखि दुई करोडको सामान मात्रै आयात भईरहेको छ।

त्रिनगर भन्सार कार्यालयबाट अहिले सम्म २६ करोडको सामान आयात भएको छ। ११ चैतदेखि हालसम्म साढे ११ करोडको पेट्रोलियम पदार्थ र १५ करोड बराबरको खाद्य सामाग्री सहितका अन्य सामान आयात भएको त्रिनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वर अर्यालले बताए।

उक्त समान आयात वापत लकडाउनको १९ दिनको अवधीमा ८ करोड राजश्व संकलन भएको अर्यालले जानकारी दिए। अहिले दैनिक डेढ करोड बराबरको खाद्यान्न तथा पेट्रोलियम पदार्थ आयात भईरहेको त्रिनगर भन्सार कार्यालयले जनाएको छ। जसमध्ये डिजल, पेट्रोल, ग्यास, दाल, चामल, तरकारी, पिठो, स्वास्थ्य सामाग्री आयात भईरहेको छ।

छिमेकी मुलूक भारतमा समेत लकडाउन जारी रहदा खुला सीमा नाकाका कारण हुने चोरी तस्करी भने अहिले नियन्त्रण भएको दावी गरिएको छ। तर कैलालीको त्रिनगर र खक्रौला नाकाबाट भने अहिले कुनै पनि अत्यावश्यक बाहेकका सामानको आयातमा रोक लगाईएको छैन्।

जसका कारण अत्यावश्यक वस्तुसंगै विकास निर्माणमा आश्वयक कोईला लगायतका कच्चा पदार्थको समेत आयात भईरहेको छ। अहिले आवश्यक नै नभएका सामानको आयातले अनावश्यक आवागमन समेत हुन थालेपछि कोरोना भाईरसको जोखिम बढेको छ। तर प्रमुख भन्सार अधिकृत अर्यालले भने कुनै सामानको आयात निर्यात प्रतिबन्ध नभएको बताए।   

 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस