सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लकडाउन उल्लंघन गर्दै मेला सञ्चालन गर्ने चार वडा अध्यक्ष सहित नौँ जना छुटे

२०७६ चैत्र २८, ०८:१४ खबर संवाददाता

बझाङ : लकडाउन उल्लंघन गर्दै जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा बान्नीकी चैतली मेला सञ्चालन गरेको भन्दै पक्राउ परेका नौँ जना छुटेका छन्। चार वडा अध्यक्ष सहित नौँ जनालाई जरिवाना गरी छोडिएको हो।

संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को उपदफा ३ अनुसार ९ जनालाई नै कावाही गरी छोडिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशबराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापालाई प्रतिव्यक्ति नौँ एक सय जरिवाना तिराएर छोडिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपािलकाका प्रवत्ता लोकेन्द्र बहादुर ठगुन्ना र मन्दिर संरक्षण समितीका सचिबलाई भने मेला संचालनमा संग्लनता कम देखीएको भन्दै दुई हजार दुई सय जरिवाना गरीएको छ। यस्तै उनीहरु संगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृप प्रसाद जोशी र उनका दुईजना सहयोगी डम्बर बहादुर धामी र पुजारी जयकृष्ण जोशी तथा स्थानीय रजबार ईन्द्र बहादुर सिहँको मेला संचालनमा खासै भुमिका नदेखीएका कारण एक सय जरिवानागरी छोडिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

कमेन्ट लोड गर्नुस