सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियामा ‘लकडाउन’ उल्लंघन गरे यसरी परिन्छ प्रहरी फन्दामा

२०७६ चैत्र २८, ०७:०० खबर संवाददाता

धनगढी : कोराना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ उल्लंघन गर्नेलाई कैलाली प्रहरीले शारीरिक दूरी कायम गर्दै पक्राउ गर्न थालेको छ। प्रहरीले लकडाउनका समयमा पनि अटेर गरेर सडकमा निस्कनेलाई पक्राउ गर्ने नयाँ विधिको प्रयोग गर्न थालेको हो।

लकडाउन अवज्ञा भएपछि कैलालीका विभिन्न स्थानमा प्रहरीले ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ बाट पक्राउ गर्न सुरू गरेको हो। अत्यावश्यक कामबाहेक बिना काम घर बाहिर हिडेकालाई जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीले आफैले निर्माण गरेको ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ को सहायताले पक्राउ सुरू गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीसंग पाँच र ईलाका प्रहरी कार्यालय मालाखेतीसंग पनि पाँच वटा ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

सोमबार प्रहरीले धनगढी र अत्तरियामा एक सय ५ जनालाई उक्त स्टकिको सहायताले पक्राउ गरेको छ। उनीहरुलाई कारवाही स्वरोप पहिलो दिन एक घण्टा सडकमा उभ्याईएको प्रहरी नायव उपरिक्षक बस्नेतले दिनेश खवरलाई बताए।

बाटोमा हिडिरहेकाहरू कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले प्रहरीले आफै बनाएको लट्ठीको सहायताबाट समात्न थालेको उनले बताए। 

कमेन्ट लोड गर्नुस