सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकामै लकडाउन उल्लंघन

२०७६ चैत्र २७, ०३:५२ खबर संवाददाता

धनगढी : राहत वितरणको नाममा धनगढी उप–महानगरपालिकाले नै लकडाउनको उल्लङ्घन गरेको छ। उपमहानगरपालिकाले लकडाउनको उल्लङ्घन गर्दै कार्यालयबाटै राहत वितरण गरेको आरोप लागेको छ। उपमहानगरपालिका १ की मानमती धामीले नगर कार्यपालिकाको कार्यालयबाटै राहत वितरण भएको थाहा पाएपछि आफू पनि आएको बताए। तर अरुलाई खाद्यान्न लगायतको राहत दिएपनि आफूले नपाएको बताईन्।

 सुरुमा केही जनप्रतिनिधि निकटका व्यक्तिले नगर कार्यपालिकाको कार्यालयबाट राहत लिएर फर्केको थाहा पाएपछि एक सय बढि जना उपमहानगरपालिका परिसरमा पुगेका थिए। उनीहरुले वडा अध्यक्ष सन्तोश मुडभरीलाई घेराउ पनि गरेका छन्। नगरबासीले लकडाउन उल्लङ्घन गरेपनि स्थानीय प्रशासनले वेवास्ता गरेको छ।

वडाबासीले पहुँच भएकाहरुलाई मात्र राहत दिएको आरोप लागएका छन्। उपमहानगरपालिकामा राहत वितरणमा भीडभाड भएपछि उनीहरुलाई घरघरमै पुगाउने भन्दै अहिले फर्काईएको छ। 

कमेन्ट लोड गर्नुस