सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भारतबाट फर्किएका ३६ जनाको रिर्पोट नेगेटिभ, एकको पुनः नमूना संकलन

२०७६ चैत्र २७, ०२:५१ खबर संवाददाता

टीकापुर : कैलालीमा भारतबाट फर्किएका ३६ जनाको पनि रिर्पोट नेगेटिभ आएको छ। टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाईनमा राखिएका ३६ जनाको रिर्पोट नेगेटिभ आएको हो।

टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले क्वारेन्टाईनमा राखिएका ३७ मध्ये ३६ जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।

रावलका अनुसार एकजनाको परिक्षणका लागि थ्रोट स्वाबको मात्रा नपुगेपछि परिक्षण भएको छैन्। उनको पुनः नमूना संकलन गरी परिक्षण गरिने स्वास्थ्य संयोजक रावलले बताए। 

कमेन्ट लोड गर्नुस