सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैँकद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई पिपिई सहयोग

२०७६ चैत्र २७, ०१:५२ खबर संवाददाता

धनगढी: एनएनबी बैँकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) सहयोग गरेको छ। बैँकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सय थान पिपिई हस्तान्तरण गरेको हो। 

बैँकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख रमेशराज भट्टले मुख्यमन्त्री भट्टलाई पिपिई हस्तान्तरण गरेका हुन्। कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई सहयोग गरिएको बैँकले जनाएको छ। 

कमेन्ट लोड गर्नुस