सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक सय ५३ सुरक्षाकर्मीको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

२०७६ चैत्र २७, ०१:१६ खबर संवाददाता

धनगढी : कैलालीमा एक सय ५३ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोरोनाको र्‍यापिड टेष्ट गरिएको छ। ८० जना नेपाल प्रहरी र बिभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाव संकलन गरी र्‍यापिड टेष्ट गरिएको हो। र्‍यापिड टेष्टका क्रममा सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरी, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत लगायत अन्य प्रहरी अधिकारी र विभिन्न दर्जाका प्रहरीको र्‍यापिड टेष्ट गरिएको हो। भीड तथा फिल्डमा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण फिल्डमा खटिएका सबै सुरक्षाकर्मीहरुको र्‍यापिड टेष्ट गरिने प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

यस्तै अहिले त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीको र्‍यापिड टेष्ट भईरहेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका थप पाँच जनाको पनि र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

कमेन्ट लोड गर्नुस