सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या २२ पुग्यो

२०७६ चैत्र २७, ०८:५९ खबर संवाददाता

बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीहरुको संख्या २२ पुगेको छ। बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ। दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ।

बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ। ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

कमेन्ट लोड गर्नुस