सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

। फोटो स्रोत ।
२०७६ चैत्र २७, ०८:५४ खबर संवाददाता

कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका ४ ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो। उनको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको संयुक्त शेर्पा संघ अमेरिकाले जनाएको छ।

१३ वर्षदेखि अमेरिका बस्दै आएका उनी शेर्पा किदुगका आजीवन सदस्य थिए। शेर्पाका एक छोरा र एक छोरी छन्।
 

कमेन्ट लोड गर्नुस