नेपाली आकाशमा देखियो चन्द्रमाको फरक रङ
बुधबार चैत्र शुक्ल पूर्णिमा। नेपाली आकाशमा देखिएको चन्द्रमाको फरक रङ देखिएको छ। यो फरक रंगले खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित गराएको ज्योतिष शास्त्रका जानकारहरुले बताएका छन्।
गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो। शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ। प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ।