सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट २ सय २६ जनाको स्वाब काठमाडौं लगियो

२०७६ चैत्र २६, ०५:५० खबर संवाददाता

टेकराज भण्डारी, अछाम: अछाममा दुई दिन लगाएर २ सय २६ जनाको स्वाब कोरोना भाइरस परीक्षणका संकलन गरिएको छ। कोरोनो संक्रमण परीक्षण गर्नका लागि आएको नेपाली सेनाको हेलिकप्टरसहित स्वास्थ्यकर्मीको टोलीले जिल्ला सदरमुकाम मंगलसेन, बयालपाटा अस्पताल र कमलबजारमागरि १९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरेको हो। 

स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ४५ जना पुरुष र ६ जना महिलागरी ५१ जना, सदरमुकाम मंगलसैनको क्वारेन्टाइन तथा जिल्ला अस्पतालमा ९० जना पुरुष र १७ जना महिलागरी १ सय ७ जना र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा ६२ जना पुरुष र ६ जना महिलागरी ६८ जनाको नमूनासंकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।  

अछाममा मंगलबार र बुधबार दुई दिन लगाएर संकलन गरिएको स्वाब काठमाडौं लगेर परीक्षणगरी रिपोर्ट तयार पारिने टोलीमा खटिएका भेरी अञ्चल अस्पताल बाँकेका ल्याब टेक्नीसियन प्रसिद्ध ढकालले बताए। 

२ जना नेपाली सेना र ३ जना चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी गरेर हेलिकप्टरमा आएको ५ जनाको टोली स्वाब संकलनपश्चात काठमाण्डौँतर्फ लागिसकेको छ। 

 

कमेन्ट लोड गर्नुस