सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकहरुबीच ब्याजदर घटाउने सहमति

२०७६ चैत्र २५, ०९:२२ खबर संवाददाता

बैंकहरुले ऋणको ब्याज घटाउने तथा निक्षेपको ब्याजदर पनि तल झार्ने सहमति गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण कर्जा प्रवाहमा कमी आउन थालेपछि बैंकहरुले यस्तो निर्णय गरेका हुन्।

साथै, वित्तीय प्रणालीलाई संकटबाट जोगाउन पनि यसले सहयोग पुग्ने बैंकरहरुले जनाएका छन। नेपाल बैंकर्स संघले वैशाख १ गतेबाट आधार दर घटाउने निर्णय गरेको छ। आधार दरमा केही प्रतिशतले प्रिमियम थप गर्दै बैंकहरुले ऋण प्रवाह गर्ने छन भने आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने छ।

बैंकहरुले आधार दर कम गराउने हुँदा ब्याजदर पनि स्वतः तल झर्ने छ। अब व्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याज दर घट्ने नेपाल बैंकर्स संघले जनाएको छ। बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर धेरैमा ८ दशमलव ७ पाँच प्रतिशतमा झार्ने जनाइएको छ।

त्यसैगरी, संस्थागतको ८ दशमलव ५ प्रतिशत हुने छ। त्यस्तै बचतको ब्याज ५ दशमलव ५ प्रतिशतमा झार्ने सहमति भएको संघले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस