सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेना सहित नमुना संकलन गर्न अछाम पुग्यो स्वास्थ्यकर्मीको टोली

तस्बिर :फेसबुकबाट
तस्बिर :फेसबुकबाट
२०७६ चैत्र २५, १२:५९ खबर संवाददाता

धनगढी :विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका सम्भावित बिरामीको नमुना संकलनका लागि नेपाली सेनाको टोली अछाम पुगेको छ।

भारत तथा तेस्रो मुलुकबाट फर्किएर जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाईनमा राखिएकाहरुको थ्रोट स्वाब नमुना संकलनका लागि नेपाली सेना र स्वास्थ्यकर्मीको टोली अछाम हेलीकोप्टर मार्फत अछाम पुगेको हो।

स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ट रोग निरिक्षक समेत रहेका सम्पर्क व्यक्ति देवदत्त जोशीले हेलीकोप्टर मार्फत सेना र स्वास्थ्यकर्मीको टोली अछामको बयलपाटामा अवतरण गरेको बताए।

उनका अनुसार उक्त टोलीले क्वासरेन्टाईन राखिएका तथा कोरोनाका शंकास्पद विरामीको थ्रोट स्वाबको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ लैजानेछ। 

कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएपछि सरकारले सुदूरपश्चिममा परिक्षण तिव्र पारिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस