सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर प्रदेशको अस्पतालबाट कोरोना संक्रमित नेपाली भागे

२०७६ चैत्र २५, १०:२८ खबर संवाददाता

धनगढी : उत्तर प्रदेशको बागपत जिल्लाको कोरोना अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन्। ति संक्रमित नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना संक्रमित भागेपछि पुलिस, प्रशासनमा हलचल मच्चिएको समाचार ईन्डिया टिवीले लेखेको छ। ईन्डिया टिवीका अनुसार उनी सोमबार राती भागेका हुन्।

बागपतको रतौल गाउँको मस्जिदमा फर्केका सात जना नेपालीको नमूनाहरू लिइएको थियो। परीक्षण्मा १९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनलाई कोविड अस्पताल खेक्रामा राखिएको थियो। तिनै संक्रमितले आफ्नो लुगाको डोरी बनाएर भागेको ईन्डिा टिवीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस