सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरेक नेपाली हाम्रो पाहुना भन्दै भारतको पलियामा अलपत्र ५४ सुदूरपश्चिमेलीको उद्धार

२०७६ चैत्र २४, ०२:४६ खबर संवाददाता

धनगढी: नेपाल–भारत सीमा नजिक रहेको पलिया कला खिरीमा भारतबाट फर्किरहेका अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। धनगढीबाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको पलियाको बलदेव वैदिक इन्टर कलेजमा उनीहरुलाई व्यवस्थित गरी राखिएको हो। 

भारतका ठुला शहर दिल्ली, मुम्बई, जयपुर तथा अन्य स्थानबाट नेपाल फर्किदै गरेका उनीहरु लकडाउनले गर्दा अलपत्र परेका थिए। विभिन्न युवाहरुको सहयोगमा त्यहाँस्थित समाजसेवी चंदन शुक्ला, अभिषेक शुक्ला र भाजपा नेता रवी गुप्ताको सहयोगमा ती सबै नेपाली उद्धार गरेर क्वारेन्टाइनमा व्यवस्थित गरेर राखेको पत्रकार शिशिर शुक्लाले बताए। 

त्यहाँ बसेका ५४ जना मध्ये धेरैजसो कैलाली र कञ्चनपुरका रहेको उनले बताए। उनीहरुलाई खानाबस्नको राम्रो प्रबन्ध गरिएको भन्दै शिशिर शुक्ला भन्छन, ‘नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको जस्तो छ, यस्तो आपतकालिन अवस्थामा नेपालीलाई खाना खुवाएर लाग्दैछ की हरेक नेपाली हाम्रो पाहुना हुन।’ आफुहरुले क्वारेन्टाइनमा बसेका सबैलाई भारत र नेपाली मिलेर एकदिन यो रोगलाई जित्ने छौ भन्दै सम्झाइरहेको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस