सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अलपत्र परेकालाई सुदूरपश्चिमेली नेपाली समाजद्धारा सहयोग

२०७६ चैत्र २३, ०२:१९

सुदूरपश्चिमेली नेपाली समाज भारतले भारतमा अलपत्र परेकालाई सहयोग गरेको छ। समाजले भारतको मुम्बई अधेरी चकाला भन्ने ठाउँमा अलपत्र परेका नौ जनालाई खाद्य सामाग्री सहयोग गरेको हो।

उनीहरुका लागि आवश्यक पर्ने चामल, दाल, नुन, तेल, पिठो, तरकारी लगाएतका सामान समाजले सहयोग गरेको समाजको मुम्बै समितिका अध्यक्ष नवीन साउँदले जानकारी दिए। अलपत्रमा परेकाहरुका लागि हिमाल साउँद, अमर बटाला, प्रेम खड्का, राज्य अध्यक्ष सुरज ओझा, पदम बाग लगाएतको आर्थिक सहयोगबाट उनीहरुलाई खाद्य सामाग्री सहयोग गरिएको हो।

समाजले अहिले सम्म ३० हजार बढिको खाद्य सामाग्री वितरण गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस