सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमितसंगै गौरीफन्टाबाट आएका नौँ सय ९९ जनामा कुन जिल्लाका कति ?

२०७६ चैत्र २२, ०५:३८ खबर संवाददाता

धनगढी: शनिबार सुदूरपश्चिमका थप तीनजनाका कोरोना संक्रमण देखिएको छ। धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीको लम्कीका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। योसँगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको छ। उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए।

त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका २१ जिल्लाका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो। र, सबैलाई सम्बन्धित जिल्लामै क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको थियो। 

९९९ जनामध्ये कुन जिल्लाका कति ? 
गौरीफन्टाबाट उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढी कैलालीका दुई सय ९१ जना थिए। उनीहरुलाई ५ वटा बसमा सम्बन्धित स्थानीय तहमा पठाइएको थियो।

त्यस्तै डोटीका दुई सय १४ जनालाई ६ वटा बसमा सम्बन्धित स्थानीय तहमै पुगाउने व्यवस्था गरिएको थियो। यस्तै बैतडीका ८७, बझाङका ६८, अछामका ६६, डडेल्धुराका ६५, कञ्चनपुरका ५१ र दार्चुलाका ३४ जनालाई बसमा सम्बन्धित जिल्लामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

सुदूरपश्चिम बाहिरका पनि एक सय २२ जनालाई बसमा सम्बन्धित जिल्ला पठाइएको थियो। सुर्खेतका ४३, पाल्पाका ३८, कालिकोटका १२, दाङका ८, प्युठान र बाग्लुङका ३/३, कपिलवस्तुका २, बर्दिया, बाँके, जनकपुर, चितवन, रुकुम, रुपन्देहीका १/१ जनाको उद्धार गरी पठाइएको थियो।

संघीय सरकारको आदेशपछि सुदूरपश्चिम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसँंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाएको थियो। 

कमेन्ट लोड गर्नुस