सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनासंगको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको आग्रह

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २१, ०८:५१ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संगको लडाइँमा सरकारलाई साथ दिन सबैलाई आग्रह गरेकी छन्। कोरोना भाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन्।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्दछु।’

राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिन अति आवश्यक रहेको बताइन्। 
 

कमेन्ट लोड गर्नुस