सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा एक नेपालीलाई कोरोना

२०७६ चैत्र २१, ०७:२३ खबर संवाददाता

मलेसियामा एक नेपालीमा कोरोना संक्रमण देखिएको छ। मलेसियामा रहेको नेपाली दूतावासले शुक्रबार साँझको नियमित फेसबुक लाइभमार्फत एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

शुक्रबार साँझसम्ममा मलेसियामा ३ हजार ३ सय ३३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। जसमध्ये ८ सय २७ जना निको भएका छन् भने २ हजार ४ सय ५३ जनाको अस्पतालमा उपचार भइरहेको छ। ५३ जनाले ज्यान गुमाएका छन्।

कमेन्ट लोड गर्नुस