सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कामना सेवा विकास बैंकद्धारा खाद्यान्न सहयोग

२०७६ चैत्र २०, ०६:४७ खबर संवाददाता

धनगढीमा रहेको कामना सेवा विकास बैंकले खाद्यान्न सामाग्रि सहयोग गरेको छ। लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै मंगलबार धनगढी उप–महानगरपालिकालाई खाद्यान्न समाग्री सहयोग गरेको हो।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टलाई बैंकका प्रतिनिधीहरुले ५० कट्टा चामल, ६ कट्टा सोयाविन, ६७ किलो चिउरा, ५ कट्टा दाल, ५० किलो नुन खानेतेल १० पेटी उपलब्ध गराएको छ।

यस्तै राठी ईन्टरप्राईजेज धनगढीले पनि १० कट्टा चामल, १५ कट्टा आटा, २ कट्टा चिउरा, १५ किलो दाल, २ पेटी तेल उपलब्ध गराएको छ ।

 

कमेन्ट लोड गर्नुस