सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल, डिजेल १० रुपैयाँले घट्यो

२०७६ चैत्र १९, ०७:४६ खबर संवाददाता

नेपाल आयल निगमले पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरेको छ। यसअघि १०६ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री हुँदै आइरहेको थियो।

त्यसैगरी डिजेल र मट्टितेलको खुद्रा मूल्य पनि १०/१० रूपैयाँ घटाइएको छ।

डिजेल र मट्टितेलको मूल्य ८५ रूपैयाँ कायम भएको छ। यसअघि पनि पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाइएको थियो।

कमेन्ट लोड गर्नुस