सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना लाग्नुअघि स्वाद र गन्ध हराउँछः अध्ययन

२०७६ चैत्र १९, ०५:५७

बेलायती अनुसन्धाताहरूले कुनै व्यक्तिलाई कोरोनाभाइरस लाग्नुअघि सुँघ्ने क्षमता र स्वाद हराउने गरेको पत्ता लगाएका छन्।  किंग्स कलेज लन्डनको एक टोलीले कोभिड–१९ लक्षण देखिएको आशंका गरिएका चार लाखभन्दा बढी मानिसको प्रतिक्रिया अध्ययन गरेका हुन्।

त्यसो त सामान्य रुघा लाग्दा पनि गन्ध र स्वाद हराउने गर्छन्।  विज्ञहरूका अनुसार, कोरोनाभाइरसको सबभन्दा महत्त्वपूर्ण लक्षण भनेको ज्वरो र सुक्खा खोकी नै हो।  तपाईं वा तपाईं नजिक रहेका कसैलाई लगातार खोकी लागिरहेको छ वा उच्च ज्वरो छ भने घरैमा बसेर अर्कालाई कोरोनाभाइरसबाट जोगाउनुस्। 

किंग्स कलेजका अनुसन्धाताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणका विषयमा थप सूचना हासिल गर्न चाहेका थिए। यसले विज्ञहरूलाई रोगलाई बुझ्न तथा त्यसविरुद्ध लड्न थप सहज बनाउने अपेक्षा गरिएको छ। 
पब्लिक हेल्थ इंग्ल्यान्ड र विश्व स्वास्थ्य संगठनले चाहिँ यी दुई लक्षणलाई आफ्नो सूचीमा राखेका छैनन्। 

किंग्सका अनुसन्धाताहरूले गन्ध र स्वाद गुम्नु थप लक्षण भएको र तिनलाई पनि विचार गर्नुपर्ने बताए। ती लक्षणहरू खोकी र ज्वरो जस्तो महत्त्वपूर्ण नभएको हुन सक्ने उनीहरूको भनाइ छ। -बीबीसीबाट
 

कमेन्ट लोड गर्नुस