सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना परिक्षणका लागि उपकरण जडान हुँदै

२०७६ चैत्र १९, ०५:५० खबर संवाददाता

धनगढी: संघीय सरकारले कोरोना भाइरस (कोभिड १९) जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि अहिले जडान भईरहकेो छ। मंगलबार साँझ मेसिन र किट लगायतका सामान धनगढी पुगाईएको थियो भने आज विहान बाईसेफ्टी क्याविनेट समेत धनगढी पुगेपछि जडान भईरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले सेती अस्पतालमा प्रयोगशाला स्थापनाको काम सुरु गरेको बताए। ‘मेसिन स्टल र भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै एक परिक्षणको काम गर्न सक्छौ।’ उनले भने। 

उनका अनुसार उक्त मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिार्पेट आउनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परिक्षणको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।

हालसम्म सुदूरपश्चिमका अस्पतालबाट नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो। एक जनाको थ्रोट स्वाव काठमाडौं पठाईएपछि रिर्पोटका लागि तीन, चार दिन कुर्नुपर्ने बाध्यता थियो।

 

कमेन्ट लोड गर्नुस