धनगढीमा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा न्यु उपदेश युवा क्लबले दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने नागरिकलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
लकडाउनका कारण दैनिक ज्यालादारीमा कामगरि साझ बिहानको छाक टार्ने विपन्न समुदायलाई सबैभन्दा समस्या देखिएको छ। त्यस्ता समस्या परेकाालई क्लबले दैनिक उपभोग्य सामाग्री वितरण गरेको न्यु उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए।
जाली गाँउकै श्रेष्ठ किराना स्टोरका व्यवसायी तथा समाजसेवी गणेश श्रेष्ठको आर्थिक सहयोगमा उक्त खाद्यान्न सामाग्री वितरण गरिको हो। एक परिवारलाई पाँच किलो चामल, एक प्याकेट तेल, एक प्याकेट नुन, एक किलो आलु एक हाथ धुने साबुन प्रदान गरिएको समाजसेबी श्रेष्ठले बताए।
लकडान भएपछि घरबाट बाहिर निस्कन नपाएका कारण गुजारा चलाउने निकै समस्या भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका रामचन्द्र चौधरीले दुखेसो गरे। घरबाट निक्न नपाएपछि छाक टार्न निकै समस्या भएको उनले बताए।
क्लबले गाउँभरीका सबै बिपन्न समुदायलाई खाद्यान्न सामग्री वितरण गरेको छ। केहीदिन पहिले मात्रै क्लबले गाउँमा किटनाशक विषादी छर्कनुका साथै साबुन समेत वितरण गरेको थियो।