सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका संक्रमितसँग एउटै सिटमा आएका युवकलाई देखिएन कोरोना

२०७६ चैत्र १९, ०४:३१ खबर संवाददाता

धनगढी : धनगढीका संक्रमितसँग एउटै सिटमा आएका युवकको कोरोना रिपोर्ट आएको छ। सोमबार कोशी अस्पतालमा उनको थ्रोट स्वावको नमुना लगिएकोमा आज रिपोर्ट आएको हो। विराटनगरका ति व्यक्तिलाई उक्त रिपोर्टमा कोरोना भाइरस नभएको (नेगेटिभ) देखाएको छ।

दुबईबाट जहाजको एउटै सिटमा दिल्ली हुदै काठमाडौंसम्म आइपुगेका दुईमध्ये धनगढीका३४ बर्षिय युवकलाई शुक्रवार मात्रै कोरोना संक्रमणको पुष्टि भएको थियो। उनीहरु दुबईबाट फ्लाई इमिरेट्सको जहाजमा दिल्लीसम्म र दिल्लीबाट विस्तारा एयरलाइन्समा काठमाडौं आइपुगेका थिए।

कमेन्ट लोड गर्नुस