सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनका बेला एक ठाउँबाट अर्को ठाउँ जान नक्कली डाक्टर बन्ने व्यक्ति

२०७६ चैत्र १९, ०३:२४

कोरोना भाइरसको रोकथामका लागि भारतमा २१ दिनको लकडाउन घोषणा गरिएको छ। भारतकै नोयडामा एक व्यक्तिले नक्कली डाक्टर बनेर घुमेको पाइएको छ। 

तर सडकमा टहलिँदै गर्दा ती व्यक्तिको जम्काभेट प्रहरीसँग भयो। प्रहरीले बाहिर किन निस्केको भनी सोध्दा उसले आफू डाक्टर भएको बतायो। तर प्रहरीलाई उसमाथि शंका लाग्यो र अलि कडा सोधपुछ गर्दा उसको झुटो कुरा समातीयो। 

पछि ती युवकलाई प्रहरीले हिरासतमा लिएको छ र उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ।-ऐजेन्सी

कमेन्ट लोड गर्नुस