सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली नेपाली समाजद्वारा भारतमा अलपत्र नेपालीलाई सहयोग

२०७६ चैत्र १९, ०१:५० खबर संवाददाता

धनगढी: सुदूरपश्चिमेली नेपाली समाज भारत मुम्बई समितिले भारतमा अलपत्र परेका नेपालीलाई सहयोग गरेकाे छ।  महाराष्ट्रको बदलापुरमा अलपत्र रहेका दैलेख निवासी २२ जनालाई समाजले खाद्यान्न सहयोग गरेको हो। 

भारत लकडाउनका कारण अलपत्र नेपाली समक्ष गएर दिन नसकिने अवस्थामा बैंकमार्फत रकम पठाएर खाद्यान्न सामाग्री किन्न लगाइएका समाजले जनाएको छ। 

साथै भारतका जुनसुकै स्थानमा अलपत्र परेका नेपालीलाई पनि सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतलाई सम्पर्क गर्न अनरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस