सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिको चिन्ता

२०७६ चैत्र १९, ०१:१५ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे चिन्ता व्यक्त गरेकी छन्। 

उनले कोभिड–१९ प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन्।

राष्ट्रपति भण्डारीले फोन मार्फत कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्कीले बताए।

कमेन्ट लोड गर्नुस