कैलालीको लम्की चुहामा कोष स्थापना
कैलालीको लम्कीचुहा नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम बढेपछि लकडाउनका कारण ज्यालादारी गर्न नपाएका निम्न आय भएका जनतालाई राहत दिनका लागि राहत तथा उद्धारकोषको स्थापना गरेको छ।
मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सो कोषमा नगरपालिकाले २० लाख रकम राख्ने निर्णय गरेको हो। यस्तै सो कोषमा सबै जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकसमेत सहयोगस्वरुप दिने निर्णय भएको नगर प्रमुख महादेव बजगाईँले बताए। रासस